धादिङ : महिला मानवअधिकार रक्षकहरुको साझा संस्था महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङको अध्यक्षमा खीलकुमारी पोखरेल निर्वाचित हुुनुुभएको छ ।
संजालका अध्यक्ष गायत्री खतिवडाको अध्यक्षतामा भएको अधिवेशनले १३ सदसिय जिल्ला संजाल निर्वाचित गरेको हो।
संजालको उपाध्यक्षमा दुुर्गा अधिकारी, सचिवमा ज्ञानु कँडेल ,सहसचिवमा रबिना पौडेल, कोषाध्यक्षमा शुशिला भण्डारी र सदस्यहरुमा भगवती अर्याल, उर्मिला श्रेष्ठ, हरी मायाँ शाही, सिता रिजाल , स्नेहा श्रेष्ठ, शान्ता रुपाखेती, राधिका सापकोटा, आरती शाह निर्वाचित हुनुुभएको हो ।
सामाजिक न्याय, महिला मानवअधिकारको पूर्ण प्रत्याभूति, लैंगिक समानताका लागि निर्वाचित कार्यसमितिले काम गर्ने छ ।