नीलकण्ठ बहुमुखी क्यापसले साउन १५ खिर खाने दिनलाई भव्यताका साथ मनाइयो

  • समाचार पेज
  • / कला/संस्कृति /
  • २०८१ श्रावण १५, मंगलबार (३ महिना अघि)
  • ४१३ पटक पढिएको
नीलकण्ठ बहुमुखी क्यापसले साउन १५ खिर खाने दिनलाई भव्यताका साथ मनाइयो

नीलकण्ठ बहुमुखी क्यापसले साउन १५ खिर खाने दिनलाई भव्यताका साथ मनाएको छ ।मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आज एक कार्यक्रम गरी शुभकामना आदान प्रदानका साथै खिर खाएर मनाएको हो ।

परम्परा र संस्कृतिलाई जोगाउने उद्धेश्यले खिर खाने कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कविराज श्रेष्ठले बताउनुभयो ।

स्ववियुका अध्यक्ष कविराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्ववियुका पूर्व अध्यक्ष तथा नीलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष सरोज पाण्डेको प्रमुख आतिथ्य तथा क्याम्पस प्रमुख नवराज शर्माको विषेश आतिथ्यता रहेको थियो । कार्यक्रममा क्याम्पसका सम्पुर्ण विद्यार्थी तथा प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।  साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती