विश्व स्तनपान सप्ताहको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङद्वारा अन्तर्कृया कार्यक्रम सम्पन्न

  • समाचार पेज
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १७, बिहिबार (३ महिना अघि)
  • ८८४ पटक पढिएको
विश्व स्तनपान सप्ताहको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङद्वारा अन्तर्कृया कार्यक्रम सम्पन्न

धादिङ :  विश्व स्तनपान सप्ताहको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङले अन्तरकृया तथा स्तनपान प्रबर्द्धन बारे अभिमुखीकरण कार्यक्रम गरेको छ।
श्रावण १७ देखि २३ गते सम्म सन्चाल हुने  सप्ताहको अवसरमा  बिहीबार   जनस्वास्थ्य कार्यालय धादिङ , रुबिभ्याली गाउपालिका स्वास्थ्य शाखा र सेचेन करुणाको आयोजनामा रुबिभ्याली गाउपालिका वडा न ३ सेर्तुङमा सुनौलो हजार दिनका ५० जना भन्दा बढी आमाहरूलाई स्तनपानका सन्दर्भमा अन्तरकृया तथा स्तनपान प्रबर्द्धन बारे अभिमुखीकरण कार्यक्रम गरेको छ । 

उक्त  कार्यक्रममा जनस्वास्थ्य कार्यलय धादिङ जनस्वास्थ्य निरीक्षक तोयानाथ छत्कुली, स्वास्थ्य शाखा प्रमुख राज बहादुर तामङ र सि अ न मि सीता तामाङ एवं सेचेन करुनाका  कार्यक्रम संयोजक कृष्ण गुरुङ्ले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा  मुख्यगरी  शिशु जन्मेको १ घन्टाभित्र स्तनपान, ६ महिना सम्म पुर्ण स्तनपान,६ महिना देखि २ वर्षसम्म स्तनपानका साथै थप खाना र स्तनपानको आशन,सम्पर्क,स्तनपानको महत्व,फाइदाका बारे  उपस्थितहरूलाई  जानकारी गराइएको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ। 

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती