उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर- ३ पोखरामा गाउँ सरसफाई तथा फूल सार्ने कार्यक्रम सम्पन्न

  • समाचार पेज
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १९, शनिबार (३ महिना अघि)
  • २३५ पटक पढिएको
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर- ३ पोखरामा गाउँ सरसफाई तथा फूल सार्ने कार्यक्रम सम्पन्न

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर- ३ पोखरामा गाउँ सरसफाई तथा फूल सार्ने कार्यक्रम  सम्पन्न भएको छ ।

गाउँलाई सुन्दर सफा र रमणीय बनाउने उद्देश्यले वडा नम्बर -३ को आयोजनामा गाउँको सरसफाई तथा फूल सार्ने  कार्यक्रम गरिएको वडा नम्बर -३ का वडा अध्यक्ष राजकुमार गुरुङले बताउनुभयो ।

पोखरा गाउँलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको क्षेत्र बनाउन गाउँलाई सरसफाई तथा फूलले ढकमक्क बनाउने उद्देश्य रहेको वडा नम्बर -३ का वडा अध्यक्ष गुरुङले बताउनुभयो । पर्यटकको गन्तव्य स्थानको रुपमा चिनिने अम्बोटे गाउँ पछि पोखरा गाउँ जस्तै वडा नम्बर -३ का अन्य टोलहरुलाई पनि यसरी नै विकास गर्दै लैजाने बताउनुभयो ।

गंगाजमुना गाउँपालिकाको पोखरा गाउँ प्राकृतिक सांस्कृतिक र सौन्दर्यताले भरिपुर्ण छ । परम्परागत नेपाली घर, एक घर संग अर्काे घर जोडिएको स–साना गल्ली र तगाराले पोखरा गाउँलाई अझ धेरै आकर्षित बनाएको छ । गाउँले परिवेश, रहनसहन, रैथाने खाना , अतिथि सत्कार र संस्कार ,कला ,संस्कृति त्यहाँको मुख्य विशेषता हो । त्यहाँ विशेष गरी आन्तरिक पर्यटक आउने गर्दछन् ।

उक्त कार्यक्रममा वडा नम्बर- ३ का जनप्रतिनिधी, कर्मचारी, पालिका कर्मचारी, सुरक्षाकर्मी, गाउँप्रहरी, पोखरा टोल विकास समिति, सरसफाई समिति, लालीगुँरास आमा समुह, बाल कल्याण आधारभुत विद्यालय परिवार, चिम्चोक स्वास्थ्य स्वयम् सेविका तथा पोखराका सम्पुर्ण टोलवासीहरुको सहभागिता रहेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती