रासायनिक मललाई भन्सार जाँचपासमा प्राथमिकता दिन कृषिमन्त्री अधिकारीको निर्देशन

  • समाचार पेज
  • / कृषि /
  • २०८१ श्रावण २२, मंगलबार (३ महिना अघि)
  • ३६६ पटक पढिएको
रासायनिक मललाई भन्सार जाँचपासमा प्राथमिकता दिन कृषिमन्त्री अधिकारीको निर्देशन

धादिङ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले विदेशी मुलुकबाट आयात हुने रासायनिक मलको भन्सार जाँचपास प्रक्रियालाई उच्च प्राथमिकतामा राख्न वीरगञ्जका दुवै भन्सार कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।

आज सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको छुट्टाछुट्टै अनुगमन गर्नुहुँदै मन्त्री अधिकारीले आयातीत रासायनिक मलको भन्सार जाँच प्रक्रियालाई सहज र सरल बनाउनसमेत आग्रह गरे । “रासायनिक मलको भन्सार जाँचपासमा ढिलासुस्ती हुँदा कृषकले मल अभावको सास्ती भोग्नुपर्ने हुन्छ । त्यसैले जाँचपासमा उच्च प्राथमिकतामा राखेर छिटोछरितो बनाउनुहोला”, मन्त्री अधिकारीले भने ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले रासायनिक मलको प्राविधिक जाँचको रिपोर्ट आउनेबित्तिकै भन्सार पास हुने गरेको जानकारी गराए । “विदेशी मुलुकबाट आयात गरिने रासायनिक मलको ल्याबमा प्राविधिक जाँच गर्नुपर्ने हुन्छ”, उनले भने, “प्रयोगशालामा मलको जाँच नगरिकन कृषकलाई वितरण गर्न मिल्दैन । त्यसैले रिपोर्ट आएपछि सोहीअनुसार छिटोछरितो काम गरिरहेका छौँ ।”

एकीकृत जाँचचौकीमा भारतबाट मालवाहक सवारीसाधन तथा टे«लरमा रासायनिक मल र अन्य वस्तु तथा सामान आउने गरेको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख धनबहादुर बरुवालले कार्गोबाट आउने रासायनिक मलको भन्सार जाँचपास प्रक्रियामा आवश्यक सहजीकरण भइरहेको जानकारी दिए ।

कृषि सचिव दीपककुमार खरालले केरा र अन्य फलफूलको ‘एचएस कोड’ एउटै हुँदा स्वदेशी केराखेती गर्ने कृषक मर्कामा परेकाले पनि यो समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरे ।

मन्त्री अधिकारीले आजै खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, क्वारेन्टाइन कार्यालय ९आइसिपी० र कृषि सामग्री केन्द्र प्रादेशिक कार्यालयलगायतको अनुगमन गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती