काभा भलिबल नेसन्स लिगमा नेपाल उपविजेता

  • समाचार पेज
  • / खेलकुद /
  • २०८१ श्रावण २३, बुधबार (३ महिना अघि)
  • १७७ पटक पढिएको
काभा भलिबल नेसन्स लिगमा नेपाल उपविजेता

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स भलिबल नेसन्स लिगको उपाधि भिडन्तमा नेपाल छिमेकी भारतसँग ३-२ को सेटमा पराजित भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा निर्णायक पाँचौ सेटमा नेपालले कमजोर खेल देखाउँदा उपविजेतामै सीमित बन्यो। त्यसअघि भने नेपालले उत्कृष्ट खेल देखायो।

पहिलो सेट २५-२३ जितेको थियो। पहिलो सेटमा नेपालले २०-२३ ले पछि परेको अवस्था उल्टाउँदै लगातार पाँच अंक ल्याएको जितेको थियो।

दोस्रो सेटमा नेपाल २५-१४ ले पराजित हुँदा खेल १-१ को अवस्थामा आयो।

तेस्रो खेलमा नेपाल खेलमा फर्कियो। नेपालले २५-२२ ले जितेर २-१ को अग्रता लियो।

तर चौथो खेलमा भारतले पुनरागमन गर्‍यो। २५-२१ ले भारतले सेट जितेपछि खेल पाँचौ सेटमा पुग्यो। पाँचौं सेटमा नेपाल १५-५ ले हार्‍यो।

भारतलाई पराजित गर्दै ऐतिहासिक उपाधि जित्ने अवसर नेपालले गुमायो। त्यसो त नेपालले लिग चरणको खेलमा भारतलाई हराउँदै इतिहास बनायो। अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३७ वर्षको इतिहासमा नेपाली महिला टोलीले भारतमाथि निकालेको सो पहिलो जित थियो।

समूह चरणमा नेपालले इरानसँगको खेल गुमाउँदा शीर्ष स्थानमा रहने मौका भने गुमाएको थियो। तर सेमिफाइनलमा इरानसँग भिडेर नेपालले बदलामा मात्र लिएन फाइनलमा समेत स्थान पक्का गर्न सफल भयो।

महिला भलिबल टोलीले पछिल्लो पाँच वर्षमा दुई अन्तर्राष्ट्रिय उपाधि जितेको छ। तर ती दुवै उपाधि विदेशी भूमिमा जितेकाले बुधबार नेपालका लागि घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय उपाधि उचाल्ने अवसर थियो, जसमा नेपाल चुक्यो।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती