धादिङका यी तिन बालिका तिन दिनदेखी सम्पर्क विहिन

  • समाचार पेज
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २५, शुक्रबार (३ महिना अघि)
  • ७४५ पटक पढिएको
धादिङका यी तिन बालिका तिन दिनदेखी सम्पर्क विहिन

धादिङ । सदरमुकाम धादिङबेशीमा रहेको निलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत तीन जना बालिका तिन दिनदेखी सम्पर्कविहीन भएका छन् ।

कक्षा ९ मा अध्ययनरत १४ वर्षीय रोशनी विक, सुशिला तामाङ र अस्मिता गुरुङ बुधबार बिहान १० बजे विद्यालय आएका र त्यसपछि घर नफर्किएको अभिभावकहरूले बताएका छन् ।

२३ गते बिहान बिद्यालय पोषाकमा घरबाट हिंडेका यी छात्राहरू बिद्यालय नआइ धादिङबेशी बीचबजारमा सपिङ र ब्युटिपार्लर गएर मेकअप गरी नयाँ गेटअपमा हिंडेको बजारको सिसिटिभि फुटेजमा देखिएको नीलकण्ठ बालमन्दीर माविका वि.व्य.स.का अध्यक्ष दिपक कोईरालाले समाचार पेजलाइ जानकारी दिनुभयो ।

उनीहरूले नजिकका साथीहरूलाइ दिल्ली भाग्न लागेको बताएकाले कसैले ललाई फकाइ,दुरूत्साहन वा बेचबिखनको आशंका देखिएको उहाँको भनाई छ ।

कोईरालाका अनुसार हिजो बिहिबारसम्म धादिङको घाटबेशी र गल्छीको लोकेशनमा यी हराईरहेका छात्राहरूले प्रयोग गरेको मोवाइल नम्बर ट्रयाकिङ भएको छ ।

अझै पनि नेपाल भित्रै भेटिन्छ कि भन्ने बिश्वास रहेकाले यी छात्राहरूको खोजि र उद्दारमा परिवार र प्रहरीलाई सहयोग गरिदिन वि.व्य.सका अध्यक्ष कोईरालाले अनुरोध गर्नुभएको छ ।

उनिहरुको खोजतलासका लागि सहयोग गरिदिन अभिभावकले आग्रह गरेका छन् ।

अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन दिएपछि उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम प्रहरी नायब उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

खोजीका लागी सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको मिश्रले बताउनुभयो ।

बेपत्ता बालिकाहरु तीनै जना धादिङबेशीमा आफ्नै परिवारसँग बस्दै आएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती