धादिङ। काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट ३ किलो भन्दा बढि गाँजासहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका-८ बस्ने ४५ वर्षीया गिता प्रसाद ढुङ्गाना रहेका छन् ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले शुक्रबार बिहान मकवानपुरको हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख १६१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार उनलाई ३ किलो २ सय ५० ग्राम गाँजा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।