धादिङ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभसाईटमा ९७ अंक सूचिकृत धादिङको नीलकण्ठ विज्ञहरुको मुल्याङ्कबाट ९२.५० अंक सहित नगरपालिका तर्फ देशभरमा प्रथम हुन सफल भएको छ ।
यस्तै मन्त्रालयको वेभसाईटमा ९९.७५ अंक सूचीकृत देशभरमा दोस्रो नम्बरमा देखिएको बेनीघाट रोराङ विज्ञको मुल्याङ्कन पछि ८७.२५ अंक ल्याउँदै गाउँपालिका तर्फ देशभरमा प्रथम भएको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा अन्तिम नतिजा सार्वजनिकीकरण कार्यक्रमका बीच सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नीलकण्ठ र बेनीघाट रोराङलाई सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा धादिङबाट नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुबेदी, बेनीघाट रोराङका प्रमुख कृष्ण बहादुर थपलिया (विवेक) प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे लगायत सहभागी थिए ।