विस्फोटक पदार्थ पड्किँदा पाँचथरमा घाइते भएका दुई बालकको मृत्यु

  • समाचार पेज
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १४, शुक्रबार (२ महिना अघि)
  • ७९ पटक पढिएको
विस्फोटक पदार्थ पड्किँदा पाँचथरमा घाइते भएका दुई बालकको मृत्यु

१४ भदौ:    पाँचथर फालेलुङ ५ को डाँडागाउँमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दुई वालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृत्यु हुनेमा ११ वर्षका दिपस्न साँवा र दुई वर्षका प्रियसा साँवा रहेका छन् ।

दिपसनको इलाम अस्पताल र प्रियसाको विएन्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको पाचथर प्रहरी प्रमुख हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनु भयो । हिजो डाँडागाउँस्थित आइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्केको हो ।

घाइते ११ वर्षका पवन राई र दिप्सन राईको अवस्था भने सामान्य रहेको छ । कस्तो विस्फोटक पदार्थ के हो भन्ने खुली नसकेको प्रहरीले जनाएको छ । अन्य विस्फोटक पदार्थ रहेको आशङ्कामा राति देखिनै उक्त क्षेत्र सिल गरेर राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती