धादिङमा सामुदायिक वनको नविकरण सम्बन्धि पछिल्लो अवस्था के छ?

  • समाचार पेज
  • / पर्यटन /
  • २०८१ भाद्र १७, सोमबार (२ महिना अघि)
  • २१६ पटक पढिएको
धादिङमा सामुदायिक वनको नविकरण सम्बन्धि पछिल्लो अवस्था के छ?

बिष्णु प्रसाद आचार्य डिभिजनल वन अधिकृत,

धादिङ। धादिङ जिल्ला नेपालमा सबैभन्दा धेरै ७ सतसय १७ वटा सामुदायिक वन भएको जिल्ला हो भन्ने कुरा तपाइँ हामी सबैलाई बिबिध् नै छ ।

हिजोको दिनमा समूहको हस्तान्तरण, नविकरण तथा सशक्तिकरण लगायतको काममा ठूलो मात्रामा विदेशी दाताको उपस्थिति आदिले उत्साहजनक रुपमा हस्तान्तरण भएका यी वन समूहको नविकरण पनि गर्न नसक्ने चिन्ताजनक अवस्थामा हामि आइपुगेका छौँ । यसका मुख्य कारणमा साना तथा टुक्रे समूह, संरक्षणमुखी एवं अनुत्पादनशील वनको बाहुल्यता, उपभोक्ताको वन पैदावारको आवस्यकता र मागमा आएको परिवर्तन र कमि जसको कारणले बढेको समूहको निस्कृयता आदि हुन् । वन वतावरण क्षेत्रको संरक्षणमा लागेका तपाईँ हामी सबैको यो चिन्ताको बिषय हो ।

आव २०८०/०८१ मा हामीसंग भएको न्यून बजेटको बावजुद विभिन्न पालिका, संघसस्था , सरकारी निकाय र सुन्य मुल्यको गरि ६८ वटा कार्ययोजना नविकरण गर्न सफल भएका छौँ । नविकरण गरिएका मध्ये डिभिजन वन कार्यालयको आफ्नो नियमित बजेटबाट २४ वटा, थाक्रे गाउँपालिकाको सहयोगमा १४ वटा, मुग्लिंग नौबिसे सडक खण्डबाट १० वटा, सामुदायिक वन उपभोक्ता महासंघ ७ वटा र डिभिजन वन कार्यालयको आफ्नै पहलमा नविनतम नविकरण पद्धति अनुसार सुन्य मूल्यका संक्षिप्त १३ वटा कार्ययोजना रहेका छन् ।

डिभिजन वन कार्यालय धादिङको पछिल्लो तथ्यांक अनुसार आव २०८०/०८१ सम्म कुल ७१७ मध्ये ३६१ वटा सामुदायिक वन नविकरण गर्न बाँकी रहेका छन् भने आव २०८१/२०८२ को  अन्त्य सम्ममा २८ वटा वन समुहको कार्ययोजनाको म्याद समाप्त हुदैंछ । यो आ.व.को अन्त्य सम्मलाई आधार मान्ने हो भन्ने हो कुल ३८९ वटा सामुदायिक वनको नविकरण गर्नुपर्ने देखिन्छ । यो कुल समूहको करिव ५५% हुन् आउँछ । नविकरण गर्न बाँकी रहेका समूहलाई पालिकाको आधारमा विभाजन गर्दा निलकण्ठ नगरपालिकामा सबै भन्दा बढी ८२ वटा समुहको नबिकरण गर्नुपर्ने देखिन्छ ।

यसपछि क्रमश: ज्वालामुखी गाँउपालिकामा ५४ वटा, गल्छी गाँउपालिकामा ४८ वटा, सिद्धलेक गाँउपालिकामा ४६ वटा, गजुरी गाँउपालिकामा ४० वटा, बेनिघाट रोराङ गाँउपालिकामा ३६ वटा, थाक्रे गाँउपालिकामा २७ वटा, गंगाजमुना गाँउपालिकामा १५ वटा, धुनिबेशी, नगरपालिकामा १४ वटा,त्रिपुरासुन्दरी गाँउपालिकामा १० वटा, खनियावास गाँउपालिकामा ८ वटा, नेत्रावती डवजोङ गाँउपालिकामा ६ वटा र रुविभ्याली गाँउपालिकामा ३ वटा समूहको नविकरण गर्न बाँकी देखिन्छ ।

यो आव भित्र हामी धादिङमा भएका सम्पूर्ण सामुदायिक वन नविकरण गरेर धादिङ जिल्लालाई सामुदायिक वन नविकरणयुक्त जिल्ला बनाउने महत्वाकांक्षी अभियानमा छौँ । नविकरण नभएका सामुदायिक वनको कुनै कानुनी हैसियत नहुने हुनाले समुहको नविकरण पहिलो र महत्वपुर्ण आवश्यकता हो भनेर हामीले महसुस गरेका छौँ । यस कार्यको लागि हामीलाई प्रदेश वन तथा वातावरण मन्त्रालयबाट आंशिक बजेट प्राप्त भएको छ तर यी सबै समूह नविकरणको लागी प्राप्त बजेट अपर्याप्त हुने भएकोले धेरै शंख्यामा नविकरण गर्न बाँकी रहेका पालिकालाई नविकरणको सहयोगको लागि डिभिजन वन कार्यालयबाट पत्राचार गरिसकिएको छ ।

यीमध्ये थाक्रे गाउँपालिकाले यो आव भित्रमा आफ्नो पालिकाभित्रका सबै २७ वटा सामुदायिक वनको नविकरण गर्न सहयोग गर्नको लागि बजेटको समेत व्यवस्था गरिसकेको छ । अरु थुप्रै पालिकाले यो बिषयमा सक्दो सहयोग गर्ने प्रतिबद्धत व्यक्त गर्नु भएको छ । यसले हामीलाई अत्यन्त उत्साहित बनाएको छ । यो बिषयमा हामी सबै पालिका र अन्य सरोकार राख्ने संघसंस्थासंग सहयोगको अपेक्षा गर्दछौँ र धादिङलाइ देशको नमुना सामुदायिक वन भएको जिल्लाको रुपमा चित्रण गर्ने अभियानमा लाग्न सबैलाई आग्रह समेत गर्दछौँ ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती