वाग्मतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • समाचार पेज
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २३, आईतबार (२ महिना अघि)
  • ८१ पटक पढिएको
वाग्मतीसहित यी  प्रदेशमा भारी वर्षाको सम्भावना

२३ भाद्र:  देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले लुम्बिनी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती