धादिङमा चार वर्षीय बालिका बलात्कार गरेको आरोपमा नेपाल समाजवादीका नेता पक्राउ

  • समाचार पेज
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २८, शुक्रबार (२ महिना अघि)
  • ६०० पटक पढिएको
धादिङमा चार वर्षीय बालिका बलात्कार गरेको आरोपमा नेपाल समाजवादीका नेता पक्राउ

धादिङ । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका २ चिसापानीमा चार वर्षीय बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य रिम बस्याल रहेका छन् । उनले छिमेकी नातिनी नाता पर्ने चार वर्षिय बालिकालाई घरमै बोलाएर जबरजस्ती करणी गरेको आरोप छ ।

पीडित बालिकाकी आमाका अनुसार गत भदौ २१ गते बेलुका ६ बजेतिर आफ्नो यौन अंग चलाउन लगाउने र अन्तिममा जबरजस्ती करणी गरेका थिए । ‘मेरी छोरीलाई यौन अंग देखाउनु भएछ । उहाँले सानी छोरीलाई जबरजस्ती करणी गर्नुभएछ । छोरीलाई शौचालय लैजाँदा रगत पनि बगेको देखेँ । यौन अंग पनि निकै रातो भएको देखेपछि म केही बोल्न नसक्ने अवस्थामा पुगेँ,’ बालिकाकी आमाले भनिन्,‘मैले उहाँलाई भेटेर यो विषय के हो भनेर सोध्दा सानी छोरीमाथि उल्टो आक्षेप लगाउनु भयो । चार वर्षकी छोरीलाई के थाहा हुन्छ र ? म यो विषय कसैलाई नभनी बसेको थिएँ ।’

पीडित बालिकाकी आमाका अनुसार जबरजस्ती करणी अराोपी बस्यालले बालिकालाई कसैलाई नभन्नु भन्दै धम्की दिएका थिए । करिब ५६ वर्षका बस्याललाई ईलाका प्रहरी कार्यालय सल्यान्टारले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धादिङवेशी पठाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती