धादिङबेसीको लखन थापा पार्कमा सालकको मूर्ति स्थापना

  • समाचार पेज
  • / कला/संस्कृति /
  • २०८१ आश्विन १९, शनिबार (१ महिना अघि)
  • २२६ पटक पढिएको
धादिङबेसीको लखन थापा पार्कमा सालकको मूर्ति स्थापना

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीमा रहेको नेपालको पहिलो शहीद लखन थापा पार्क (चोक)मा दुईवटा सालकको मूर्ति स्थापना गरिएको छ । सालक जस्तो दुर्लभ जनावरको संरक्षणको सन्देश दिने उद्देश्यले सालकको मूर्ति स्थापना गरिएकोे डिभिजन वन कार्यलय धादिङका डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।

लखन थापा चोक एक ऐतिहासिक क्षेत्र हो, जहाँ यस किसिमका पहलकदमीहरूले स्थानीय र राष्ट्रियस्तरमा प्राकृतिक सम्पदाको संरक्षणमा ध्यान केन्द्रित गर्ने विश्वास गरिएको, अचार्यले भन्नुभयो । नेपालमा धेरै सालक पाइने जिल्ला धादिङ भएकाले यसको संरक्षण र प्रवर्धन गर्न अझ आवश्यक रहेको आचार्यको भनाइ छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले डिभिजन वन कार्यालयसँग समन्वय गरेर सालकको प्रवर्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “हामीले यस पहललाई सघाउन तयार छौं र यसलाई सफल बनाउन सबैले मिलेर काम गर्नुपर्छ।”

त्यसैगरी नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले सालक प्रवर्धनका लागि नगरपालिकाले एक सालक पार्कमा लगानी गर्न तयार रहेको भन्दै उहाँले आगामी दिनमा सालक पार्क निर्माण गर्ने र त्यसको स्वामित्व लिने प्रतिवद्धता पनि जनाउनुभएको छ ।

कार्यक्रममा सालकको मूर्तिको हस्तान्तरण पनि गरिएको थियो। डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यले लखन थापा पार्क व्यवस्थापन समितिका सचिव नारायण श्रेष्ठ लगायतको टोलीलाई मूर्ति हस्तान्तरण गर्नुभएको छ । यस कार्यले धादिङ जिल्लामा सालकको प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने आचार्यले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जनप्रतिनिधि , नेपाल प्रहरी , ससस्त्र प्रहरी,नेपालि सेना ,स्थानिय ,बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगाएतको उपस्तिती रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती