कृषि मन्त्री अधिकारीले स्थापना गरे रासायनिक मल वितरणबारे जानकारी दिन कल सेन्टर

  • समाचार पेज
  • / कृषि /
  • २०८१ श्रावण २६, शनिबार (३ महिना अघि)
  • ४७६ पटक पढिएको
कृषि मन्त्री अधिकारीले स्थापना गरे रासायनिक मल वितरणबारे जानकारी दिन कल सेन्टर

धादिङ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले रासायनिक मलखादको वितरण व्यवस्थालाई सहज र पारदर्शीबनाउनका लागि कल सेन्टर स्थापना गरेका छन् । मल आपूर्ति र वितरणको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यसहित कल सेन्टरको स्थापना गरेको हो ।

कृषकहरुले मन्त्रालयमा स्थापना गरिएको कल सेन्टरको पैसा नलाग्ने टोल फ्रि नम्बर १६६००१७७७७९ मा कार्यालय समय भित्र फोनगरी आफ्नो नजिकमा रहेको मल विक्रेता सहकारी वा निजी स्तरका डिलरहरुको नाम, सम्पर्क नम्बरसहितको विवरण प्राप्त गर्नसक्नेछन् ।साथै, उक्त विवरण मन्त्रालयको वेवसाइट www.moald.gov.np मा पनि राखिएको छ ।

उक्त टोल फ्रि नम्बरमा सम्पर्क गरि आफ्नो नजिकको डिलरले प्राप्त गरेको मलको कोटा सम्बन्धि विवरण र उक्त डिलरले प्रत्येक दिनविक्री गरेको मलको विवरण समेत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा. हरि बहादुर के.सीले जानकारी दिए ।

मन्त्रालयले अनुदानमा रासायनिक मल उपलब्ध गराउने प्रयोजनका निमित्त अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७बमोजिम मल आपूर्ति तथा वितरण व्यवस्थालाई सहज र पारदर्शी बनाउनको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाटविभिन्न प्रयासहरु समत हुँदै आएको जनाएको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती