धादिङ। पर्यटन व्यवसायी राम बञ्जराले टानको आगामी निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिने गरि आवश्यक तयारी थालेका छन् । भदौं १७ मा हुने निर्वाचन मिति नजिकिएसँगै उनले व्यवसायीहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन् । टानका साधारण सदस्यदेखि पूर्वअध्यक्ष एवम् अग्रज पर्यटन व्यवसायीहरुसँग भेटघाट गर्दै आइरहेका छन ।
टानले व्यवसायीहरुको हकहित संरक्षण, सेवा सुविधा प्रदान र नेपाल सरकारसँग सहकार्य गरि नेपालको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्नुपर्नेमा विगत केही वर्षयता टानको भूमिका परिर्वतन भएको उनको बुझाई छ । अहिले टान राजनीति सिक्नेहरुको थलो बन्दै गएको त्यसका लागि लाखौं, करोडौं खर्च गरेर अध्यक्ष लगायतका अन्य पदमा उम्मेदवारी दिने गरेकाले संघले उद्धेश्य अनुसार काम गर्न नसकेको उनले बताए । टानलाई राजनीतिबाट मुक्त गर्दै विशुद्ध व्यवसायीक हकहितमा काम गर्ने र नेपालको पर्यटनको गुणस्तर वृद्धिका लागि काम गर्न चाहेको भन्दै उनले महासचिवमा उम्मेदवारी दिन लागेको बताएका छन् ।
बञ्जरा वर्तमान कार्यसमितिको सदस्य समेत हुन । नेतृत्व तहमा पुर्याउन सबैले साथ र सहयोग गर्नेमा विश्वास समेत व्यक्त गरेका छन् । पर्वतीय पर्यटन व्यवसायीमा निराशा आउन नदिने गरि टानले काम गर्नुपर्नेमा त्यसमा चुकेको उनको विश्लेषण छ ।
यस्तै उनले इमर्जेन्सी डिजास्टरकोष खडा गर्ने, टानको अफिसियल एप्स बनाउन कार्यसमितिमा पहल गर्ने घोषणा गरेका छन ।टानको अफिसियल एप्स मार्फत विभिन्न ट्रेकिङ रुटको इन्फर्मेसन र नयाँ गन्तव्यको गतिविधिहरूको अपडेट गराउने उनको योजना छ ।
यसका साथै टान कार्यालयको सचिवालय २४ घण्टा सातै दिन सेवा दिने गरि उत्तरदायी बनाउने, रेष्टेकटेड क्षेत्रमा एकल पर्मिट लागू गर्ने, पदमार्गलाइ नेपाल सरकारको रातो बुकमा समाबेश गराउन पहल गर्ने र पेपरलेस टान बनाउन कार्यसमितिमा पहल गर्ने बन्जराको योजना छ ।
प्रत्येक महिनाको पहिलो शनिबार पर्यटन मन्त्री र पर्यटन सचिवलाई व्यवसायीहरू माझ उपस्थित गराई प्यानल डिस्कसन गराई व्यवसायीका समस्यालाई समाधान गराउने अभ्यास गर्ने र भ्याटमा रहेको विभेद हटाइ कि सबै पर्यटन व्यवसायीको लागि भ्याट कि सबैको लागि छुटको व्यवस्था गर्न पहल गर्ने र अनिश्चितकालीन रूपमा लिएको बैंक ग्यारेन्टी फिर्ता गर्न कार्यसमितिको तर्फबाट पहल गर्ने उनको योजना छ ।
यस्तै पछिल्लो समय विभिन्न ट्रेकिङ ट्रायलहरूलाई स्थानीय सरकारले रोडको रूपमा निर्माण गरेको र २२-२५ दिनको ट्रेकिङलाई ५/७ दिनमा पुर्याएको अवस्थामा अब यस्ता गतिविधि हुनबाट रोक्न र हाम्रो ट्रायल हरु भत्काउन भन्दा अगाडि संस्कृति पर्यटन तथा उड्यन मन्त्रालय अन्तर्गतका मातहत सँग स्वीकृति लिनुपर्ने व्यवस्था गर्न जाेडदार आवाज उठाउने उनले घोषणा गरिसकेका छन।
ब्यक्तिगत लाभ र राजनीति स्वार्थभन्दा पनि यी कामका लागि आफुले महासचिवमा उम्मेदवारी दिएको भन्दै राजनीतिक दल र आस्थाभन्दा माथि उठेर महासचिवमा आफूलाई सहयोग गर्न पनि सबैसँग आग्रह गरेका छन् ।