धादिङ । टानको आगामी भदौ १७ गते वार्षिक साधारणसभामार्फत नयाँ कार्यसमिति चयन गरिने भएको छ। पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटाकाे प्यानल बाट महासचिवमा राजेन्द्रप्रसाद सुवेदीले उम्मेदवारी दिनु भएको छ।
आर्थिक समृद्धिको मुख्य आधार मानिएको पर्यटन क्षेत्रको महत्वपूर्ण पाटो साहसिक पर्यटनलाई पाठ्यक्रममा समावेश गराएर यसको प्रभावकारी प्रवैद्धनका लागी आफूले पहल गर्ने महासचिव पदका प्रत्यासी राजेन्द्रप्रसाद सुवेदीले समाचार पेजलाई जानकारी दिनुभएको छ। सुवेदीले पदमार्ग संरक्षण र नयाँ गन्तव्य प्रर्वद्धनका लागि सक्रिय भूमिका खेल्ने पनि उहाको भनाइ छ ।
टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था रहेको छ ।