आज बागमतीसहित यी प्रदेशमा भारी वर्षा

  • समाचार पेज
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ३०, बुधबार (८ महिना अघि)
  • १४५ पटक पढिएको
आज बागमतीसहित यी प्रदेशमा भारी वर्षा

देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। बागमती मधेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

ताजा अपडेट

१ महिना अघि

यस्तो छ आजको मौसम

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती