आजको मौसम कस्तो रहला ?

  • समाचार पेज
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १०, सोमबार (७ महिना अघि)
  • १५५ पटक पढिएको
आजको मौसम कस्तो रहला ?

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

सातै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

ताजा अपडेट

१ महिना अघि

यस्तो छ आजको मौसम

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती