धादिङकाे त्रिपुरासुन्दरीमा पहिलो पटक ‘नक्षत्र वृक्षरोपण’

  • समाचार पेज
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १, मंगलबार (२ महिना अघि)
  • १६३ पटक पढिएको
धादिङकाे त्रिपुरासुन्दरीमा पहिलो पटक ‘नक्षत्र वृक्षरोपण’

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटारस्थित पाँचधारे महादेब दुधनाथ मन्दीर परिसरमा नक्षत्रवाटिका निर्माणका लागि नक्षत्र वृक्षरोपण गरिएको छ।

सोमबार औषधिय गुण भएका २७ नक्षत्रका २७ किसिमका वृक्ष रोपेर जिल्लामा पहिलो नक्षत्रवाटिका स्थापना गरिएको डिभिजन बन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले बताउनुभयो ।

चन्द्रमासंग सम्बन्धीत विरुवाहरु भनेर नक्षत्र वृक्षलाई भन्ने गरिन्छ ।

ज्योतिष शास्त्रअनुसार २७ नक्षत्रमा पर्ने केरा, अमला, समी, आँक, मौलश्री, रिठ्ठा, पलाँस, बाँस, जामुन, डुम्री, सिसौ, खयर, पिपल, नागकेशरी, वर, लहरे पिपल, बेल, अर्जुन, कंकरो, सिमल, वेत,कटहर, कदम, आँप महुवा, नीमका वृक्षलाई ज्योतिससास्त्रले निर्धारण गरेको स्थानमा रहेको गोलो घेरामा रोपिएको आचार्यले बताउनुभयो ।

आचार्यका अनुसार १२ राशी, ९ ग्रह र २७ नक्षत्रहरुलाई आधार मानेर ग्रह र राशीका समेत विरुवा रोप्ने वातावरण बनाएमा नेपालकै पहिलो धार्मिक र उत्कृष्ट वाटिका बन्ने दावी गर्नुभएको छ।

स्थानियहरु शंखध्वनी, पंँचेबाजा र नेवारी संस्कृतिको धिमे बाजा बजाएर पानधारे महादेव दुधनाथ मन्दिर संरक्षण समितिले परिसरमा संरक्षणको समेत जिम्मा लिएपछि लगन जुराएर विरुवा रोपिएको थियो ।

कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो ।

कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष देबराज धरेलले धार्मिक रुपले मात्र नभइ मानिस र रुखबिरुवाको जिवनको सम्बन्ध रहेको नक्षत्र बाटिका बनाएर अझै विकसित गरिने बताउनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले वृक्षरोणपछि संरक्षण समूदायले गर्न सके यसले पर्यटकीय रुप लिने बताउँदै भविष्यका लागि प्रकृति बचाउन आग्रह गर्नुभयो ।

श्रीवास कृष्णदास ब्रम्हचारीले सूर्यको प्रकाशले नक्षत्रमा पर्दा के प्रभाव पार्छ भन्ने विषयलाई आधार मानेर ज्योतिस शास्त्र अनुसार नक्षत्र बाटिका बनाइएको र यसलाई पवित्र धार्मिक भूमिको रुपमा विकास गर्नका लागि सल्यानटारबासी लाग्नुपर्ने बताउनुभयो ।

मानिस, संस्कृती र धर्मसँग प्रकृतिलाई जोडेर मानिसको जिवन खोज्नका लागि वृहत रुपमा नक्षत्र बाटिकाले महत्व राख्ने बताउनुभयो ।

दुधनाथ मन्दीरमा बालाचतुर्दसी, शिवरात्री र माघेसंक्रान्तीमा मेला समेत लाग्ने गरेकोले आगामी दिनमा धार्मिक पर्यटकीय र ऐतिहासिक रुपमा समेत महत्व बढेको रानीपौवा माविका शिक्षक ठानप्रसाद बसौलाले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती