आजदेखि मौसम सुधार हुने, यी तीन प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • समाचार पेज
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १३, आईतबार (१ साल अघि)
  • २८७ पटक पढिएको
आजदेखि मौसम सुधार हुने, यी तीन प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आइतबारदेखि मौसम सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनअनुसार आइतबार भारी वर्षाको सम्भावना छैन। बिहीबार रातिदेखिको वर्षा शनिबार बेलुकादेखि रोकिएको थियो।

यद्यपि मनसुनी वायुसँगै  भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको उत्तरपूर्वी अरब सागरदेखि उत्तरपश्चिम बिहारसम्म फैलिएको न्यून चापीय रेखाको पनि  प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ।

त्यसको प्रभावले आइतबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आइतबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली भई कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती