नेपालबाट मनसुन बाहिरियो

  • समाचार पेज
  • / मुख्य समाचार /
  • २०८१ आश्विन २६, शनिबार (१ महिना अघि)
  • ६६ पटक पढिएको
नेपालबाट मनसुन बाहिरियो

१० दिन ढिलो गरेर नेपालबाट मनसुन बाहिरिएको छ । साधारणतया अक्टोबरको २ तारिखमा नेपालबाट मनसुन बाहरिनेमा यसपटक १० दिन ढिलो गरेर मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि यही असोज २२ गते कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश तथा काठमाडौं उपत्यका र मधेश प्रदेशको पश्चिमी भूभागबाट मौसम बाहिरि सकेको थियो । त्यस्तै असोज २० गते सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका थोरै ठाउँबाट मनसुन बाहिरिसकेको थियो ।

आज बागमती, मधेश र कोशी प्रदेशबाट पनि मनसुन बाहिरिएको महाशाखाले बुलेटीनमा उल्लेख गरेको छ । यो वर्ष सामान्य समय भन्दा तीन दिनअघि अर्थात् जुन १० तारिखमा नेपालमा मनसुन भित्रिएको थियो ।

यसैबीच, दशैंको मुख्य दिन आज कोशी प्रदेशको एक÷दुई ठाउँमा पानी पर्न सक्ने सम्भावना रहेपनि बाँकी अरु ठाउँमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती