बागमती प्रदेशका अस्पतालहरु मध्ये तेस्रो स्थानमा धादिङ अस्पताल

  • समाचार पेज
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ९, शुक्रबार (३ हप्ता अघि)
  • २२२ पटक पढिएको
बागमती प्रदेशका अस्पतालहरु मध्ये तेस्रो स्थानमा धादिङ अस्पताल

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

धादिङ:    बागमती प्रदेशभित्रका अस्पतालहरु मध्ये धादिङ अस्पताल तेस्रो हुन् सफल भएको छ । आर्थिक वर्ष २०८०/८१ मा सम्पादित कार्यक्रमहरुको प्रदेश स्तरीय बार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य सेवाका सुचकहरु तथा प्रस्तुतीकरण समेतको मुल्याङकनको आधारमा धादिङ अस्पताल तेस्रो भएको हो ।

बागमती प्रदेश अन्तर्गत अस्पतालहरु मध्ये भक्तपुर अस्पताल प्रथम, सिन्धुली अस्पताल द्धितिय र धादिङ अस्पताल तेस्रो भएको हो । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयमा वार्षिक समीक्षा तथा प्रस्तुतीकरणमा प्रदेश तहका सबै जिल्लाका अस्पतालले वार्षिक कार्य सम्पादनसम्बन्धी प्रस्तुति दिएका थिए ।

जसका आधारमा निर्देशनालयले प्रशंसा–पत्रमा प्रदान गरेको हो। कार्यक्रममा मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती