राती ९ बजेपछि देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह

  • समाचार पेज
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक १३, मंगलबार (३ हप्ता अघि)
  • ८७ पटक पढिएको
राती ९ बजेपछि देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
धादिङ :  धादिङ जिल्लामा राती ९ बजेपछि देउसी भैलो खेल्न नपाईने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गरेर शान्ती सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै राती ९ वजेपछि देउसी भैलो खेल्न नपाईने जनाएको हो ।

चाडपर्व आ-आफ्नै मौलिकता अनुरुप सामाजिक सदभाव र भातृत्व कायम गर्दै चाडपर्व मनाउँदा पारिवारिक एवं सामाजिक जीवनका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा कुनै असर गर्ने कानून विपरितका कार्य नगर्न सूचनामा भनिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालद्धारा सूचनामा घरेलु तथा अन्य मदिराको अवैध उत्पादन, ओसारपसार गर्न तथा बेलुका ९.०० बजे पछि विक्रिवितरण तथा सेवन गर्न नपाईने, सार्वजनिक स्थानमा मापक पदार्थ सेवन गरी वा नगरी होहल्ला गर्न नपाईने, कानून विपरितका जुवातास, कौड, खोरखोरे, लडुरबुर्जा, सट्टेबाजी आदि खेल्ने खेलाउने तथा विपद् निम्ताउन सक्ने तथा वातावरणमा प्रत्यक्ष असर गर्ने प्रज्वलनशील पदार्थ पटाका पड्काउन नपाईने भनिएको छ।

यस्तै विस्फोटक पदार्थ बेचविखन, ओसारपसार तथा प्रयोग नगर्न र सामाजिक परम्परा र मर्यादा विपरित हुने गरी तथा बेलुका ९.०० बजे पछि देउसी भैलो नखेल्न सूचनामा उल्लेख छ ।

सूचनामा उल्लेखित निषेध गरिएका कार्य गरेको पाइएमा जिल्ला प्रहरी कार्यालयको फोन नं. १०० वा ०१०–५२०१९९ तथा ड्युटी अधिकृत ९८५१११३९२१ मा सम्पर्क गर्न वा नजिकैको सुरक्षा निकायमा जानकारी गराई दिनु समेत सूचनामा उल्लेख गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती