नीलकण्ठ ८ को देउराली चौतारामा निशुल्क स्वास्थ्य परीक्षण, १ सय २५ जना स्थानीय लाभान्वीत

  • समाचार पेज
  • / मुख्य समाचार /
  • २०८१ मंसिर ५, बुधबार (२० घण्टा अघि)
  • ७५ पटक पढिएको
नीलकण्ठ ८ को देउराली चौतारामा निशुल्क स्वास्थ्य परीक्षण, १ सय २५ जना स्थानीय लाभान्वीत

मंसिर ५, धादिङ । नीलकण्ठ बह्मुखी क्याम्पसको गणित, स्वास्थ्य तथा साधारण शिक्षा विभागले समुदाय केन्द्रित निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको हो  ।

नीलकण्ठ नगरपालिका वडा नं ८ स्थित देउराली चौतारामा आयोजना गरिएको निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा १ सय २५ जना स्थानीयहरुको निशुल्क स्वास्थ्य परीक्षण गरी औषधी समेत वितरण गरिएको थियो ।

स्वास्थ्य परीक्षणमा सहभागी ब्यक्तिहरुको सुगर, प्रेसर जाँच गर्नुका साथै द्य।ः।क्ष्। (बडी मास्क इन्डेक्स) चेकजाँच गरी विशेषज्ञ डाक्टर मार्फत आवश्यक परामर्श दिइएको थियो ।

कार्यक्रममा धादिङ अस्पतालका विशेषज्ञ चिकित्सक डा. दिनेश रेग्मीको नेतृत्वमा स्वास्थ्यकर्मीहरु संगीता छत्कुली र सुजिता सिलवालले विरामीहरुको स्वास्थ्य परीक्षण गर्नुभएको हो । कार्यक्रम व्यवस्थापनमा युवा रेडक्रस सर्कल क्याम्पस इकाईले सहयोग गरेको थियो ।

स्वास्थ्यमा समस्या देखिएका ब्यक्तिहरुलाई थप उपचारको लागि धादिङ अस्पतालको ओपीडीमा सेवा लिन सुझाव समेत प्रदान गरिएको डाक्टर रेग्मीले जानकारी दिनुभयो ।

क्याम्पस र समुदायको सम्वन्ध थप विस्तार गर्नको लागि समुदाय स्तरमा स्वास्थ्य परीक्षण कार्यक्रम राखिएको र यस्ताखाले स्वास्थ परीक्षण कार्यक्रम क्याम्पसको कार्यक्षेत्र भित्रका अन्य ठाउँहरुमा समेत आगामी दिनमा सञ्चालन गरिने नीलकण्ठ क्याम्पसको गणित स्वास्थ्य तथा साधारण शिक्षा विभागका प्रमुख हरि लंसालले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती