धादिङ : पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली भएको छ। बदलीसँगै धादिङ र काठमाडौं उपत्यकासहित पूर्वी पहाडी र सुदूर तथा कर्णालीमा पहाडी क्षेत्रमा चिसो बढेको छ।
पश्चिमी र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको मौसम पूर्वानुमाान महाशाखाले जनाएको छ ।
दिउँसो कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।
राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यकाको अधिकतम र न्यूनतम तापक्रम दुवै घटेसँगै चिसो बढेको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १८ डिग्री सेल्सियसभन्दा तल पुगेको छ। न्यूनतम तापक्रम समेत ५ डिग्री सेल्सियस हाराहारी आएको महाशाखाले जनाएको छ।