वरिष्ठ पत्रकार भैरव रिसालको आइतबार राति निधन

  • समाचार पेज
  • / समाचार /
  • २०८१ चैत्र २५, सोमबार (१२ घण्टा अघि)
  • ९ पटक पढिएको
वरिष्ठ पत्रकार भैरव रिसालको आइतबार राति निधन

काठमाडौं :  वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ उहाको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो ।

मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भाइ पुरु रिसालले जानकारी दिनु भएको छ । उहाको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गर्नु भएको थियो।

वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गर्नु भएको थियो । उहाले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गर्नु भएको थियो । वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बन्नु भएको थियो ।

वरिष्ठ पत्रकार रिसालले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गर्नु भएको थियो । लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गर्नु भएको थियो । रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन् ।

उहाको श्रीमती, दुई छोरा र दुई छोरी हुनु हुन्छ ।

ताजा अपडेट

१ महिना अघि

यस्तो छ आजको मौसम

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती