धादिङका  नवराज पाठक जाइकाको कोर्डिनेटरमा नियुक्त

धादिङका  नवराज पाठक जाइकाको कोर्डिनेटरमा नियुक्त

धादिङ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) धादिङ जिल्ला कोर्डिनेटमा एक साता अघि मात्र शिक्षण पेशाबाट अवकाश लिएका नवराज पाठक नियुक्त हुनुभएको छ। उहाँ  जाइकाको आधारभूत विद्यालय शिक्षा (IBSE) को सुधार योजनाका लागि धादिङको कोर्डिनेटमा नियुक्त हुनुभएको हो ।

जाइकाको आधारभूत विद्यालय शिक्षा (IBSE) को सुधार योजना अन्तरगत कक्षा १-३ मा एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा गणित बिषयको सिकाई सुधारका लागि शिक्षकलाई टीपीडी तालिम, बिद्यार्थी मेन्टरीङ, SIP निर्माणमा सहयाेग लगायतका कामहरु हुने नवनियुक्त पाठकले समाचार पेजलाई बताउनुभयो ।

गणित शिक्षा परिषदका केन्द्रीय सदस्य समेत रहेका पाठक शिक्षा तालिम केन्द्र धुलिखेल र तनहुका रोष्टर प्रशिक्षक हुनुहुन्छ  । उहाँले गाउँपालिकाको शिक्षा शाखामा रहेर केहि समय स्रोतव्यक्ति भएर पनि काम गरिसक्नु भएको छ।

शिक्षक तालिम, विद्यार्थी मोटीभेशन प्रोगाम गणित प्रयोगशाला निर्माण, पाठ्यपुस्तक लेखन, शैक्षिक सामग्री निर्माण तालिम, शिक्षक निर्देशिका लेखन, दुर शिक्षा केन्द्रमा श्रव्य दृश्य कक्षा शिक्षण गरेका पाठक २०५३ साल पुस २८ गते नि मा शि अस्थायी शिक्षकको रुपमा शिक्षण पेशामा प्रवेश गर्नुभएको थियो । २०६१ जेष्ठ १९ गते स्थायी शिक्षक बनुभएकाे उहाँ   गत हप्ता मात्रै २० वर्ष १ महिना शिक्षण पेशामा व्यतित गर्दै शिक्षण पेशाबाट बहिरिनु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती