पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बाङ्गेमा सुख्खा पहिरो खसेर अवरुद्ध बनेको राजमार्ग सञ्चालनमा आएको छ ।
अहिले पहिरो पन्छाएर अहिले दुईतर्फी सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मेकेद्र मिश्रले बताए ।
सुख्खा पहिरोमा धादिङबाट काठमाडौं तर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको इभी माइक्रोबस परेको थियो । माइक्रोमा सवार १० जना यात्रु सामान्य घाइते भएका छन् ।