एसइईको पुरक परीक्षा आजदेखि : कति परीक्षार्थी सहभागी छन् ?

  • समाचार पेज
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २३, बुधबार (३ महिना अघि)
  • २०८ पटक पढिएको
एसइईको पुरक परीक्षा आजदेखि : कति परीक्षार्थी सहभागी छन् ?

आजदेखि माध्यमिक शिक्षा परीक्षा एसइईको ग्रेड वृद्धि अर्थात् पुरक परीक्षा शुरु हुँदैछ ।

राष्ट्रिय परीक्षा बोर्डले यसअघि उत्तीर्ण हुन नसकेकाहरुलाई आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको हो । परीक्षा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

परीक्षाका लागि देशभर पाँच सय ५० केन्द्र निर्धारण गरिएको छ भने दुई लाख १० हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

परीक्षा साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।नतिजा असोजको पहिलो हप्ता भित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।

पुरक परीक्षामा उत्तीर्ण विद्यार्थीले यसै वर्ष कक्षा ११ को अध्ययन गर्न पाउनेछन् ।यसवर्षको नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती