अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा धादिङका पारससहित ५ जना खेलाडी छनोट

  • समाचार पेज
  • / खेलकुद /
  • २०८१ श्रावण २१, सोमबार (३ महिना अघि)
  • १९७ पटक पढिएको
अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा धादिङका पारससहित ५ जना खेलाडी छनोट

धादिङ – अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि धादिङका पारस सहित पाँच जना नेपाली खेलाडी छनोट भएका छन् । गत साता न्यू साउद वेल्स मा भएको प्रदेशस्तरीय प्रतियोगितामा नेपाली मुलका पाँच खेलाडीले पदकसमेत जितेका हुन्।

पदक जित्नेमा तेक्वान्दोको पुम्सेतर्फ दोस्रो डान प्राप्त गरेका मनोज श्रेष्ठले स्वर्ण जितेका छन् । त्यसैगरी पुरुतर्फकै पारस भण्डारी र शिशिर श्रेष्ठले रजत पदक हाँसिल गरेका छन् । पारस धादिङ ज्वालामुखी ५ का हुन् । उनी ३ बर्स अघि अस्ट्रेलिया गएका थिए ।

यी खेलाडीले फरक तौल समूहको पुम्सेमा रजत जितेका छन् । महिलातर्फको खेलमा भने सन्जिला तिमल्सिनाले रजत पदक जितिन् । यसैगरी चन्दू शाहले कांस्य पदक आफ्नो नाम गरेकी छन् । यी सबै खेलाडी परम्परागत व्यक्तिगत पुम्सेमा सहभागी थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती